बाजुरा । बाजुराका विभिन्न ठाउँमा निर्माण गरिएका प्रसूति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगबाट निर्माण गरिएका प्रसूति गृह सञ्चालन नहुँदा सुत्केरी गराउन समस्या भएको हो ।
बुढी गङ्गा नगरपालिका-१ र २ अम्कोट र बह्मतोलाको बिच पाल्नेढोरमा निर्माण गरिएको प्रसूति गृहबाट सेवा नियमित नहुँदा सुत्केरी गराउन समस्या भएको बह्मतोलाका स्थानीय महिलाले बताइन् । गाउँका महिलालाई गाउँमै सुत्केरी गराउन सहजताका लागि निर्माण गरिएका यस्ता गृह सञ्चालनमा आएका छैनन् । बह्मतोला, धाभुवाँ, अम्कोट, बल्दे, खस्रे खेत र जमालवाडालगायतका गर्भवती महिला दुई घण्टाको बाटो हिँडेर बह्मतोला स्वास्थ्य चौकीमा जाने गरेका स्थानीय महिला बताउँछन् ।
गाउँमा भवन निर्माण भए पनि सेवा सुचारु नहुँदा सुत्केरी गराउन निकै ठुलो समस्या भोग्नु परेको स्थानीय महिलाको भनाइ छ ।
.gif)