शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका प्रहरी जवानको मृत्यु


पश्चिम प्रेस
आइतबार, कात्तिक १२ २०८०
  • 3.2K
    Shares

  • images
    images
    मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका प्रहरी जवानको मृत्यु

    महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरका प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ का प्रहरी जवान आकाश सुनारको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मृत्यु भएको हो ।

    उनी इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत रहेका थिए । शनिवार बिहान बाराको निजगढ नगरपालिका–८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा  ज १२ प ७१५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।   

    दुर्घटना हुँदा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस