मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा एक महिनामा भन्डै १ करोडको अवैध सामान बरामद


पश्चिम प्रेस
आइतबार, कात्तिक १२ २०८०
  • 979
    Shares

  • images
    images
    कञ्चनपुरमा एक महिनामा भन्डै १ करोडको अवैध सामान बरामद

    महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा अवैध भन्सार छली भन्सार छलीका सामान भित्रिने क्रम अझै कम भएको छैन । भन्सार कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार एक महिनाको अवधिमा मात्रै झन्डै एक करोड मूल्य बराबरको अवैध रूपमा भन्सार छली गरी ल्याएका सामानहरू बरामद गरिएको छ । 

    भन्सार कार्यालय गड्डाचौकीका सूचना अधिकारी तेज बहादुर रावलका अनुसार असोज १ गते देखि लिएर कात्तिक १२ गते सम्मको अन्तरालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९७ लाख ७६ हजार मूल्य बराबरका अवैध सामानहरू बरामद गरेको हो । नेपाल प्रहरीले असोजमा ५४ लाख ७१ हजार मूल्य बराबरका सामान बरामद गरेको हो । जसमा ३१ मुद्दा प्रहरीमा दर्ता गरिएका छन् । बरामद गरिएका उक्त सामानमध्ये  १२ लाख ५३ हजार मूल्य बराबरको सामान लिलाम पनि भइसकेको छ ।

    यस्तै, सशस्त्र प्रहरीले २६ लाख ९० हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।  जसमा ३६ मुद्दा दर्ता भएका छन् । बरामद गरेका सामानहरू मध्ये १० लाख ५० हजार मूल्य बराबरको लिलाम भइसकेको छ ।

    कात्तिकमा नेपाल प्रहरीले १३ लाख ४५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । जसमा भन्सार छली विरुद्ध १० मुद्दा दर्ता गरिएका छन् ।  सशस्त्र प्रहरीले २ लाख ७० हजार मूल्य बराबरको सामान बरामद गर्नुका साथै ५ मुद्दा सशस्त्र प्रहरीमा दर्ता भएका छन् । कार्तिकको महिनामा बरामद गरिएका सामानको लिलामी भने अहिलेसम्म नभएको सूचना अधिकारी रावलले बताए । 


  • सम्बन्धित विषय:

  • # भन्सार छली
  • प्रतिक्रिया दिनुहोस