शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अछामको चौरपाटीमा जिप दुर्घटना


पश्चिम प्रेस
सोमबार, कात्तिक १३ २०८०
  • 771
    Shares

  • images
    images
    अछामको चौरपाटीमा जिप दुर्घटना

    अछाम । अछाममा जिप दुर्घटनामा परेको छ । आज (सोमबार) बिहान जिल्लाको चौरपाटी गाउँपालिका— १ स्थित बिउनी भन्ने स्थानमा से१ज ४९० नम्बर जिप दुर्घटनामा परेको हो ।

    चालक मात्रै रहेको उक्त जिप गैरिलेक बजारबाट खान्डाँडातर्फ यात्रु ल्याउन जाने क्रममा जिप दुर्घटनामा परेको प्रहरी चौकी सिउँडीले जनाएको छ । 

    चालक धर्म बहादुर थापा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिप भने पूर्ण रुपमा क्षति भएको बताइएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । 


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस