मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुको बेलौरीबाट लागू औषधसहित दुई जना पक्राउ


पश्चिम प्रेस
सोमबार, कात्तिक १३ २०८०
  • 1.5K
    Shares

  • images
    images
    कञ्चनपुको बेलौरीबाट लागू औषधसहित दुई जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको बेलौरी नगरपालिका-६ ढक्काचाँदर का २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल लाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई सोही ठाउँको बैसाखा पुलस्थित सडकबाट अवैध लागू औषधसहित आइतबार दिउँसो  प्रहरीले पक्राउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुबै जनालाई २ ग्राम ३५ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूको साथबाट से.६ प ४३२७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 


  • सम्बन्धित विषय:

  • # लागू औषधसहित दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस