कैलाली । कैलालीको सुखडमा ५८ हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन् ।
मङ्गलवार राति घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवा खेल्दै गर्दा सात जना जुवाडेलाई पक्राउ गरिएको सुखड इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर रु ५८ हजार ४७० नगद र सात थान ताससहित सात जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
.gif)