मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा मेला हेर्न गएका २ बालक ९ दिनदेखि बेपत्ता


पश्चिम प्रेस
बुधबार, कात्तिक १५ २०८०
  • 604
    Shares

  • images
    images
    कैलालीमा मेला हेर्न गएका २ बालक ९ दिनदेखि बेपत्ता

    कैलाली । कैलालीमा मेला हेर्न गएका बालक ९ दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका— ५ तिलकपुरबाट मेला हेर्न गएका दुई बालक ९ दिनदेखि बेपत्ता भएका हुन्।

    तिलकपुरको जनता प्रभात माध्यमिक विद्यालयमा कक्षा ७ र ५ मा अध्ययनरत प्रकाश विक र लक्ष्मण विकबारे अहिलेसम्म केही जानकारी नभएको परिवारले बताएका छन् । 

    १५  प्रकाश विक वर्ष र ११ लक्ष्मण विक बेपत्ता भएको ९ दिन भइसक्दा हालसम्म कुनै अत्तोपत्तो नभएको लक्ष्मण विकका बुवा बलबहादुर विकले बताए।

    मूल अछामका र हाल तिलकपुरमा बस्दै आएका बलबहादुरले लामो समय खोज्दा पनि आफ्नो छोरा नभेटिएको बताउँदै आफ्नो ठाउँ पत्ता लगाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    बालकको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले खोजकार्य भइरहेको जनाएको छ।


  • सम्बन्धित विषय:

  • # बालक ९ दिनदेखि बेपत्ता
  • प्रतिक्रिया दिनुहोस