बैतडी । बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो । सोही जिल्लाको पुर्चौडी नगरपालिका-१ कोपिखेत बस्ने आफ्नो श्रीमानको दिदी (जेठी सासू) नाता पर्ने जानकी धानुकको घरमा घरायसी काममा सहयोग गर्न गएकी नेगी सोही ठाउँको नेटा स्थित खर काट्ने क्रममा बुधवार दिउँसो भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते नेगीलाई उपचारको लागि पुर्चौडी स्वास्थ्य चौकीमा लगिएको र थप उपचारको लागी धनगढी लैजाने क्रममा बुधवार राती बाटो मै मृत्यु भएको भनी डडेल्धुरा अस्पताल डडेल्धुराले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)