महेन्द्रनगर । कञ्चनपुरमा सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–३ का मोहन खड्का बुधवार पक्राउ परेका हुन्।
अदालतले १३ दिनको सजाय सुनाएपछि फरार रहेका खड्कालाई उनकै घरबाट पक्राउ गरिउको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनलाई अदालतले सजाय भुक्तानको लागि हिजो (बिहीवार) कारागार चलान गरेको छ।
.gif)