सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

विश्वकपमा नेपालको स्थान पक्का, यूएई ८ विकेटले पराजित 


पश्चिम प्रेस
शुक्रबार, कात्तिक १७ २०८०
  • 555
    Shares

  • images
    images
    विश्वकपमा नेपालको स्थान पक्का, यूएई ८ विकेटले पराजित 

    काठमाडौँ । आईसीसी टी— २० विश्वकलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी— २० विश्वकपमा छनोट भएको छ ।

    आज (शुक्रवार) मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

    नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए ।

    यो सँगै १० वर्षपछि नेपालीको विश्वकप खेल्ने सपना पूरा भउको छ । 


    प्रतिक्रिया दिनुहोस