अछाम । अछाममा ढुङ्गा प्रहारबाट घाइते भएका एक किशोरको मृत्यु भएको छ । ढुङ्गा प्रहारबाट घाइते भएका पञ्चदेवल बिनायक नगरपालिका- ८ तिखापातल बस्ने १७ वर्षीय दिपेन्द्र शाहीको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका- ८ स्थित बारला बजारबाट दैलेखतर्फ जाँदै गरेको क.प्र.०२००१प.६२४८ नम्बरको मोटरसाइकललाई सोही ठाउँ बस्ने १५ वर्षीय किशोरले गत शनिबार दिउँसो ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका भएका थिए । मोटरसाइकलमा सवार दिपेन्द्रको स्वास्थ्य चौकी बारला हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ढुङ्गा प्रहार गर्ने किशोरलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)