काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेटको तार काटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रभावित भएको भन्दै प्राधिकरणले विज्ञप्ति निकालेर छलफलबाट समस्या समाधान गर्नुपर्नेमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवा नै बन्द हुने गरी तार काटिनु दुखद् विषय भएको जनाएको छ ।
पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ । प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो ।
अझै पनि सेवा प्रदायकले अटेरी गरेमा आफ्नो पोल प्रयोग गर्ने सबैको तार काट्ने प्राधिकरणले चेतावनी दिएको छ ।
.gif)