शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गए रातिको भूकम्पले बैतडीमा घर भत्किदा ३ जना घाइते


पश्चिम प्रेस
शनिबार, कात्तिक १८ २०८०
  • 1.4K
    Shares

  • images
    images
    गए रातिको भूकम्पले बैतडीमा घर भत्किदा ३ जना घाइते

    बैतडी । गए रातिको भूकम्पका कारण बैतडीमा एक घर भत्किदा ३ जना घाइते भएका छन् । शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पका कारण बैतडीमा एक घर भत्किएको हो । 

    भूकम्पका कारण बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घर भत्किँदा कार्कीसहित उनकी श्रीमति ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएका प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा आवश्यक अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # ३ जना घाइते
  • प्रतिक्रिया दिनुहोस