शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु


पश्चिम प्रेस
शनिबार, कात्तिक १८ २०८०
  • 470
    Shares

  • images
    images
    रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

    काठमाडौँ । गएराति आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ।

    रुकुम पश्चिमको ठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म जाजरकोटमा ९६ र रुकुम पश्चिमका ३८  जनाको मृत्यु भएको छ । जसमा ठबीसकोट- १४ का २७ जना रहेका छन् । 

    जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४ गरी १३९ जना घाइते रहेका छन् । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

     


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # रुकुम पश्चिम
  • प्रतिक्रिया दिनुहोस