मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, २०२ घाइते


पश्चिम प्रेस
शनिबार, कात्तिक १८ २०८०
  • 715
    Shares

  • images
    images
    भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, २०२ घाइते

    काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ । 

    सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। 

    त्यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसँगै कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा घाइते भएका छन्। जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेखमा तीन, बैतडीमा तीन, जुम्लामा पाँच र रोल्पामा एक जना घाइते भएका छन्। उनीहरूमध्ये केही गम्भीर रहेका छन्।

    गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ।


  • सम्बन्धित विषय:

  • # भूकम्पबाट मृत्यु
  • प्रतिक्रिया दिनुहोस