शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विपिन जोशीलाई चाडो नेपाल फर्काउन माग गर्दै प्रदर्शन


पश्चिम प्रेस
आइतबार, कात्तिक १९ २०८०
  • 699
    Shares

  • images
    images
    विपिन जोशीलाई चाडो नेपाल फर्काउन माग गर्दै प्रदर्शन
    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी लाई यथाशिघ्र स्वदेश फिर्ता गर्न माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । स्थानीय युवा तथा विद्यार्थीको सहभागितामा महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच चलिरहेको युद्धको चपेटामा परी हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई कुटनितिक पहल मार्फत छिटो भन्दा छिटो नेपाल ल्याउन माग गरिएको छ । 
    डेढ महिनादेखी बेपत्ता रहेका विद्यार्थी विपिन जोशी अहिले हमासको नियन्त्रणमा रहेको ईजरायल सरकारले पुष्टि गरेको छ । इजरायली सेना र हमासबीच निरन्तर युद्ध भइरहेकाले विपिनलाई सकुशल मुक्त गरेर स्वदेश फर्काउन सरकारले कूटनीतिक पहल गरि छिटोभन्दा छिटो नेपाल फर्काउन माग गरेका छन ।
    इजरायल सरकारले उनी हमासको नियन्त्रणमा रहेको पुष्टि  गरेपनि उनी कहाँ कुन अवस्थामा राखिएको छ भन्ने विषयमा केही खुलेको छैन । युद्धसँग कहीँकतै सम्बन्ध नजोडिएको मुलुकको विद्यार्थीलाई यसरी बन्धक बनाइनु निन्दनीय कार्य रहेको भन्दै सरकार छिटोभन्दा छिटो रिहाइ गरि नेपाल फकाउनुपर्ने माग गरेका छन । 
    विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले अन्य देश तथा संयुक्त राष्ट्रसंघलगायत मानवअधिकारवादी अन्तराष्ट्रिय संघसंस्था संग पहल गरि यथाशिघ्र विपिन जोशीको रिहाइको पहल गर्न समेत माग गरेका छन ।

     


  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस