महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी लाई यथाशिघ्र स्वदेश फिर्ता गर्न माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।
स्थानीय युवा तथा विद्यार्थीको सहभागितामा महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच चलिरहेको युद्धको चपेटामा परी हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई कुटनितिक पहल मार्फत छिटो भन्दा छिटो नेपाल ल्याउन माग गरिएको छ ।
डेढ महिनादेखी बेपत्ता रहेका विद्यार्थी विपिन जोशी अहिले हमासको नियन्त्रणमा रहेको ईजरायल सरकारले पुष्टि गरेको छ । इजरायली सेना र हमासबीच निरन्तर युद्ध भइरहेकाले विपिनलाई सकुशल मुक्त गरेर स्वदेश फर्काउन सरकारले कूटनीतिक पहल गरि छिटोभन्दा छिटो नेपाल फर्काउन माग गरेका छन ।







.gif)