महेन्द्रनगर । कञ्चनपुर र कैलालीबाट तिन लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-६ बनखेतबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १ लाख ३४ हजार ६ सय १० मूल्य बराबरको चिनी,गुड,बेसन,दाल,मिस्रीको धुलो,पापड,बिडी,पेठा लगायतका सामानहरू र भिमदत्त नगरपालिका-१० बिद्यूत कार्यालय अगाडीबाट अन्दाजी ५५ हजार मूल्य बराबरको कस्मेटिक सामान र पटाका गरी जम्मा अन्दाजी १ लाख ८९ हजार ६ सय १० मूल्य बराबरको सामानहरू आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
यसै गरी, कैलालीको विभिन्न स्थानहरूबाट विभिन्न सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ बडारा नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५९ हजार २०० सय मूल्य बराबरको लेडिज सुट,प्लाजा, चिनी,चकलेट,मिठाई लगायतका सामानहरू बरामद गरेको हो । धनगढी उपमहानगरपालिका-४ संचयकोष कार्यालय नजिकबाट अन्दाजी १ लाख मूल्य बराबरको लेडिज सुट,तामाको करुवा,इलेकट्रोनिक्स दियो,दीपावलीका अन्य सामानहरू बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अन्दाजी ६ हजार मूल्य बराबरको चिनी र धनगढी उपमहानगरपालिका-९ बाग्राकटानबाट अन्दाजी ७ हजार ५ सय मूल्य बराबरको माछाको छिद्रा गरी जम्मा अन्दाजी १ लाख ७२ हजार ७ सय मूल्य बराबरको सामानहरू आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
दुवै जिल्लाबाट जम्मा ३ लाख ६२ हजार ३ सय १० मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरेको उक्त सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
.gif)