महेन्द्रनगर । कञ्चनपुरस्थित सीमा क्षेत्रमा भारतीय पक्षले पिल्लरदेखि नै सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले विरोध जनाएको छ। गत सातादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित सीमा क्षेत्रको ८०५/१(७) नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको हो।
सीमावर्ती नेपाली भूभागमा नेपालबाट सडक निर्माण, कल्भर्टसहितका संरचना निर्माण गर्दा अनेकन बाधा अड्चन गर्ने भारतीय पक्षले दशगजा नै मिचेर सीमापिलरसम्मै कालोपत्रे गरेपछि स्थानीयले विरोध गरेका हुन्। दशगजा नै मिचेर सीमापिलरसम्मै कालोपत्रे गर्नै भारतीय पक्षले गत असारमा सोही क्षेत्रमा सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका– ११ नम्बर वडाले ग्राभेल हाल्ने अवरोध गरेको थियो।
सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमापिलर क्षेत्रमै पुगेर गरेको सडक कालोपत्रे कार्य निन्दनीय भएको स्थानीय जनप्रतिनीधी बताउछन् ।
सीमाजस्तो संवेदनशील क्षेत्रमा भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भएको भन्दै राष्ट्रियताका विषयमा सबै नागरिक एकजुट हुनुपर्ने स्थानीयको माग छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भारतीय पक्षले पुरानै सडक मर्मत गरेको भनी सशस्त्र प्रहरीमार्फत जानकारी आएको बताए ।
.gif)