शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

नेपाली सेनाको साताव्यापी सरसफाइ अभियान सुरु


पश्चिम प्रेस
बुधबार, कात्तिक २२ २०८०
  • 782
    Shares

  • images
    images
    नेपाली सेनाको साताव्यापी सरसफाइ अभियान सुरु

    महेन्द्रनगर । महेन्द्रनगर स्थित नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकले साताव्यापी सरसफाइ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत बुधवार बिहान भीमदत्त नगरपालिका स्थित बैजनाथधाम रौटेला मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।

     सेनाले स्थानीयको सहभागितामा मन्दिर परिसर सरसफाइ गरेको हो । त्यसै गरी बैजनाथधाम जाने सडक छेउको झाडी समेत हटाइएको छ । सडक छेउमा रहेको झाडीले दुर्घटनाको जोखिम बढेपछि स्थानीयको सहभागितामा सेनाले सडक सडक छेउको झाडी समेत हटाएको छ । साताव्यापी कार्यक्रम अन्तर्गत सेनाले यहाँका विभिन्न धार्मिक पर्यटकीय स्थलहरूमा सरसफाइ गर्ने जनाएको छ ।

     यसअघि पनि श्री दल गुल्म भगतपुर ब्यारेकले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा श्री दल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी राजीव ठकुरी वडा १ का जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।


  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस