मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा किशोरी मृत फेला


पश्चिम प्रेस
बिहीबार , कात्तिक २३ २०८०
  • 1.6K
    Shares

  • images
    images
    बैतडीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा किशोरी मृत फेला

    बैतडी । बैतडीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा किशोरी मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका २ चमागाउँकी १६ बर्षीया बिमला चन्द मृत फेला परेकी हुन् । 

    आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

    बुधबार साँझ उनि झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । 

    कक्षा १० मा अध्ययनरत बिमला मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । 


  • सम्बन्धित विषय:

  • # किशोरी मृत फेला
  • प्रतिक्रिया दिनुहोस