मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

तिहार पर्व एक महत्व अनेक


पश्चिम प्रेस
आइतबार, कात्तिक २६ २०८०
  • 657
    Shares

  • images
    images
    तिहार पर्व एक महत्व अनेक
    तिहार किन मनाउन थालियो भन्ने विषयमा थुप्रै तथ्यहरु भेटिएपनि मुख्य गरेर लंकाका राजा रावणलाई रामले वध गरेर सीतालाई लिएर अयोध्या आइपुग्दा अयोध्यावासीले दिपावली गरेर खुशीयाली मनाएको विश्वासमा यो पर्व मनाउन भनाउने गरिएको कथन छ । 
    हरेक वर्ष यमराज यमपञ्चकका समयमा पृथ्विमा आउछन भन्ने मान्यता रहेको छ । भनिन्छ यमराज पृथ्बिमा आएका बेलामा मानिसको मृत्यु भयो भने नर्क जादैनन् भन्ने पनि विश्वास गरिन्छ । 
    तिहारमा विभिन्न पशु,पन्छिको पुजा गरिन्छ । काग तिहारको दिन कागको पुजा गरिन्छ । कागलाई हिन्दु धर्मावलम्बीहरु दुई कुराले मान्ने गर्छ । तिहारमा कुकुरको पुजा गरिन्छ । कुकुर एउटा असल प्राणी हो । उसले घरको, घरका परिवारको सुरक्षा गर्दछ । एउटा परिवारको साथीको सदस्यको रुपमा रहन रुचाउछ । त्यसैगरी विषेश रुपमा लक्ष्मीको पूजा गरिन्छ । यस दिनमा नियम अनुसार बिहान गाईको पुजा गरिन्छ । गाईलाई लक्ष्मी अथवा आमाको रुपमा हिन्दुहरुले मान्दै आएका छन् ।
     
    दिपावलीको चौथो दिनलाई गोरु तिहार (त्योहार) भनिन्छ । यस दिन विहान जमिन जोत्न मुख्य भूमिका खेल्ने गोरुलाई पुजा गर्ने परम्परा रहेको छ । गोरुलाई नुहाई दिएर माला लगाउने खुरमा सिङमा तेल तथा शरीरमा रंङ्ग अनि गलामा माला लगाएर मिठो खान दिने चलन छ ।
    यो परम्परा धेरै पुरानो र साँञ्चै रमाइलो अनि सस्कृतिले भरिएको छ । पाचौ दिन भाइटीकाका दिन भने दिदीबहिनीहरु विभिन्न प्रकारका स्वादिला मिष्ठान्न तयार गरेर दाजुभाइलाई टीका लगाइदिन आउछन या दाजुभाई जान्छन् । माला जसमा सयपत्री, मखमली आदि मिसिएको हुन्छ अनि टोपी, कपडा या अन्य वस्तु सजाएर राख्छन् ।
     
    औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा बत्ति बालिन्छ । मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।
     
    गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ । यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।
     
    शरद ऋतुमा पर्ने यो चाडलाई प्रकाश, फुल र सप्तरङ्गीको त्रिवेणीका रुपमा पनि लिईन्छ । यो समयमा जता ततै रङ्गी विरङ्गी फुलहरु ढकमक्क फुलेर सबै वातावरण नै सुवासमय र मनोरम बनेको छ ।
     
    तिहारमा लक्ष्मी भगवानलाई विशेष रुपमा पुजा गर्ने प्रचलन छ । धनकि देवि लक्ष्मीलाई कमलको फूल निकैनै मनपर्ने धार्मिक विश्वास रहिआएको छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ ।
     
    हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ । जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो ।
    स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो ।
     
    अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।
     
    सांस्कृतिक चाड तिहारको धार्मिक र सामाजिक हिसाबमा आफ्नै विशेषता छ । बत्तिको झिलिमिली र खुसीयालीको पर्वको रुपमा रहेको तिहारलाई चेली माइती तथा पशुपंक्षीबीचको आत्मियता, घनिष्ठता बढाउने चाडको रुपमा पनि लिइन्छ ।
     
    तिहारमा घर सजाउनदेखि पूजाआजा, म्हपूजा र भाइटीकामा सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग अत्यधीक हुन्छ । तिहारमा विभिन्न प्रकारका मिठाइ र सेलरोटी लगायतका परिकार बनाउने प्रचलन छ । तिहारमा दिदीबहिनीले दाजुभनइलाई टीका लगाएर नरिवल, सुकुमेल, ल्वाङ, सुपाडी, छोकडा लगायतका मिश्रति मसलाजन्य सामाग्रीको प्याकेट दिने प्रचलन छ । तिहारमा स्याउ, सुन्तला, भोगटे, बिमिरो, केरा लगायतका फलफूलजन्य सामग्रीको महत्व पनि अपरिहार्य छ । पूजाआजाको कार्यमा होस्, वा उपहारका लागि, फलफूल तिहारमा नभई सामाग्री हो ।तिहारमा टीका लगाउन सात प्रकारका रंगहरुको प्रयोग हुन्छ । विभिन्न पूजाआजामा अबीर र केसरी झनै अनिवार्य मानिन्छ ।
     
    तिहार उज्यालो पर्व भएको घरलाई बत्ती बालेर झिलीमली गराउने प्रचलन छ । शहरी क्षेत्रमा विद्युतीय बत्तीहरु प्रयोग गरी घरलाई सजाउने प्रचलन ब्यापक छ । तिहारमा ओखर पनि अनिवार्य मानिन्छ । यसको प्रयोग विशेष गरी भाइटीकाका दिन हुने गर्दछ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । साथैै मसलाका रुपमा पनि यसको प्रयोग हुन्छ ।
     
    मैनबत्ति जस्तै तिहारमा पालाको प्रयोग उच्च हुन्छ । घर आँगन उज्यालो राख्न पालामा तेल राखेर कपासको बत्ति बाल्ने गरिन्छ । तिहारमा अन्य समयमा भन्दा धेरै पूजाआजा गरिन्छ । यो समयमा धूप, अगरबत्ती लगायतको प्रयोग पनि बढी नै हुन्छ ।
     
    यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आर्शिवाद दिने लिने ,मेवा ,मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

     


  • सम्बन्धित विषय:

  • # तिहार पर्व
  • प्रतिक्रिया दिनुहोस