शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ


पश्चिम प्रेस
मंगलबार, कात्तिक २८ २०८०
  • 973
    Shares

  • images
    images
    यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

    सामाजिक सद्भाव र व्यक्तिगत घृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालमा सोमबार जे कारणले टिकटक बन्द गर्ने निर्णय गरियो अन्य मुलुकहरुमा पनि यो नौलो होइन । विश्वभर नै चर्चित बनेको यो सामाजिक सञ्जाल आंशिक र पूर्णरुपमा बन्द गर्ने अन्य ठूल्ठूला मुलुकहरु पनि छन । छिमेकी भारत, अफगानिस्तान लगायत देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् । अभिव्यक्ति स्वतन्त्रताको धुरन्धर पक्षधर धेरै ठूला लोकतान्त्रिक मुलुकहरु अमेरिका, फ्रान्स, क्यानडा, बेलायतले जस्ताले पनि टिकटक निर्वाध प्रयोगमामा रोक लगाएका छन् । केही मुलुकहरुले सरकारको गोपनीयता भंग हुने, राष्ट्रिय सुरक्षा र डाटा सुरक्षाको चिन्ताले बन्द गराएका छन् ।


    टिकटकमा रोक लगाइएका केही मुलुकहरू

    भारत

    भारतले सार्वभौमसत्ता र अखण्डता, भारतको रक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थाको सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमा संलग्न भएको भन्दै टिकटक र अन्य ५८ चिनियाँ एपहरूमा सन् २०२० मा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । भारत र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भएको झडपपछि सरकारले प्रतिबन्ध लगाएको हो ।

    अफगानिस्तान

    अफगानिस्तानमा तालिबानले इस्लामिक कानुनसँग मेल नखाने भन्दै अप्रिल २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    अस्ट्रेलिया

    अष्ट्रेलियाले गृह विभागले उठाएको सुरक्षा चिन्तालाई उद्धृत गर्दै संघीय सरकारको स्वामित्वमा रहेका सबै उपकरणहरूमा टिकटक एपमाथि प्रतिबन्ध लगाइएको छ ।

    बेल्जियम

    बेल्जियमले सरकारी अधिकारीहरूको काममा प्रयोग हुने फोनबाट टिकटकलाई प्रतिबन्ध लगाएको छ ।

    क्यानडा

    क्यानडाले क्यानाडाले यस वर्षको फेब्रुअरीमा सबै सरकारी मोबाइल उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको थियो । एपले गोपनीयता र सुरक्षाको जोखिमको कारण देखाएको थियो ।

    डेनमार्क

    डेनमार्कको रक्षा मन्त्रालयले गत मार्चमा कर्मचारीहरूलाई उनीहरूको कामका उपकरणहरूमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ ।

    न्युजिल्याण्ड

    न्यूजिल्याण्डको संसदले सबै कर्मचारीका उपकरणहरूमा टिकटक प्रतिबन्धको लगाएको छ ।

    नर्वे

    नर्वेजियन संसदले सरकारी उपकरणहरूमा टिकटकलाई प्रतिबन्ध लगाएको छ।

    अमेरिका÷ बेलायत

    यी मुलुकहरूमा केही सरकारी डिभाइसहरुमा प्रतिबन्ध लगाइएको छ ।


  • सम्बन्धित विषय:

  • # टिकटक
  • प्रतिक्रिया दिनुहोस