मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु


पश्चिम प्रेस
सोमबार, मंसिर ४ २०८०
  • 2.5K
    Shares

  • images
    images
    महेन्द्रनगरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाँसी खण्डमा आज (सोमवार) बिहान भएको दुर्घटनामा स्कुटर चालक तारासिंह कार्कीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भीमदत्त नगरपालिका–९ का ४८ वर्षीय कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भाँसीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

    स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # स्कुटर चालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस