सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

विपिनबारे दूतावास र परराष्ट्रको फरक–फरक सूचनाले परिवारजन अन्योलमा


पश्चिम प्रेस
सोमबार, मंसिर ४ २०८०
  • 775
    Shares

  • images
    images
    विपिनबारे दूतावास र परराष्ट्रको फरक–फरक सूचनाले परिवारजन अन्योलमा

    महेन्द्रनगर । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ ।

    कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो । उता इजरायलस्थित नेपाली राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्याे । विज्ञप्तिमा विपिन अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताएको छ ।

    दुईथरी सूचनाले जोशीका परिवारजनमा झन अन्योल बढाएको छ । विपिनका दाई दाजु किशोर जोशीले वास्तविक कुरा बुझ्न सोमबार बिहान दूतावासमा सम्पर्क गर्दा दूतावासले अझै सम्पर्कविहीन नै रहेको बतायो । दुतावासले सम्पर्कविहीन भएको विज्ञप्ती जारी गरिरहँदा परराष्ट्र मन्त्रालयले भने गाजा क्षेत्रमा विपिन सुरक्षित रहेको बताएको छ । 

    दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत जोशीसहितका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

    गत असोज २० गते इजरायलको किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही क्रममा विपिन जोशी जोशी सम्पर्कविहीन भएका थिए । 


  • सम्बन्धित विषय:

  • # विपिन
  • प्रतिक्रिया दिनुहोस