कैलाली । कैलालीमा लागू औषधसहित १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी शिव मन्दिर नजिकबाट सोमबार राति २ सय ९० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका हुन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)