महेन्द्रनगर । कञ्चनपुरमा डर त्रास धम्की दिएर रकम असुली गनृे २ जना पक्राउ परेका छन् । जिल्लाको वेदकोट नगरपालिका ७ लालपुर नजिक रहेको पेट्रोल पम्प नजिकबाट बैतडी दोगडाकेदार गाउँपालिका ७ छानीका ४७ वषीय का चन्द्रदेव जोशी र दार्चुला लेकम गाउँपालिका १ का २६ वर्षीय नरेश साउँद पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आज मङ्कलवार पत्रकार सम्मेलन आयोजना गर्दै २ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको हो । विगत केही दिनेदखी बिभिन्न व्यापारी स्थानियहरुलाई फोन मार्फत डर त्रास धम्की दिएर रकम माग गर्ने र नदिएको खण्डमा ज्यान मार्ने सम्म त्रास देखाएर रकम असुली गर्ने पाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन्।

बिभिन्न समयमा महेन्द्रनगर बजारमा रहेका बिभिन्न होटल संचालक, साईकल पसल, किराना पसल, कैलालीको चिशापानीमा रहेको होटल व्यवसायीहरु, लगायतका व्यापारीहरुलाई पार्टीको मान्छे हौँ, भन्ने तर पार्टीको नाम नखुलाएर डर त्रास धम्की देखाई रकमको माग गर्ने गरेको उनले बताए । फोन र म्यासेजबाट ज्यान मार्ने धम्की पनि दिने गरेको र पिडितहरुले दिएको जानकारीका आधारमा उनिहरुलाई पक्राउ गरिएको उनले बताए ।
आरोपित २ जनाले ५ लाख रुपैँया सम्म माग गरेको अनुसन्धानबाट खुलेको र पिडितले ५ लाख दिन नसक्दा ३ लाखमा कुरा मिलेपछि रकम लिन आउँदा दुवैजनालाई पक्राउ गरिएको एसपी थापाले बताए ।
दुवै जनाको कोठामा खान तलासी गर्दा बिभिन्न कम्पनीका ६ वटा सिमकार्ड ३ थान मोवाईल, खुकुरी १ थान, चक्कु २ थान, रकम माग गर्ने व्यक्तीहरुको फोन नम्वर लेखिएका कागजातहरु १ थान नागरिकता, र चन्द्रदेव जोशीले प्रयोग गरेको मोटरसाईकल १ थान प्रहरीले बरामद गरेको छ ।
.gif)