सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीको पुर्चौडीमा दुई दिन स्थानीय बिदा


पश्चिम प्रेस
बुधबार, मंसिर ६ २०८०
  • 560
    Shares

  • images
    images
    बैतडीको पुर्चौडीमा  दुई दिन  स्थानीय बिदा

    बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले आज र भोलि गरी दुई दिन स्थानीय बिदा दिएको छ । पुर्चौडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले सूचनामा जनाएको छ ।

    गिरेगडा कफलखाना जात्राको अवसरमा मंसिर ६ र ७ गते अर्थात् बुधवार र बिहीबार पुर्चौडी नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    पुर्चौडी क्षेत्रको मुख्य जात्राको रूपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरूका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख दीपक बहादुर बमले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # स्थानीय बिदा
  • प्रतिक्रिया दिनुहोस