शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल


पश्चिम प्रेस
शुक्रबार, मंसिर ८ २०८०
  • 720
    Shares

  • images
    images
    युद्धविरामको पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल

    काठमाडौँ । इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालिएको छ । चार दिने युद्धविरामको क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो ।

    इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । आजदेखि लागू हुने युद्धविराममा हमासले बन्धक बनाएका ५० जनालाई रिहा गर्ने सहमति भएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा रहेको इजरायली राजदूत हनान गोदेरलाई भेटेर युद्धविरामको यस अवधिमै विपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका छन् । हिजो (बिहीवार) मन्त्रालयमा भएको भेटमा उनले चार दिने युद्धविरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।
    सोही क्रममा राजदूत गोदेरले यो विषयलाई इजरायल सरकारले प्राथमिकतामा राखेको बताए। 

    गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायली सेनाले भने गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस