मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बझाङको खप्तडछान्नाका छाउ नबार्ने महिलालाई सम्मान


पश्चिम प्रेस
शुक्रबार, मंसिर ८ २०८०
  • 604
    Shares

  • images
    images
    बझाङको खप्तडछान्नाका छाउ नबार्ने महिलालाई सम्मान

    बझाङ । बझाङको खप्तडछान्नामा छाउपडी प्रथा तोड्ने महिलालाई सम्मान गरिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोडेको भन्दै गरिमा परियोजनाले १० जना महिलालाई सम्मान गरेको हो।

    बिहीवार एक कार्यक्रममा सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दूध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ। सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा रहेका छन्।

    गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको स्थानीयले बताए । देवता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको उनिहरुले बताए । 


  • सम्बन्धित विषय:

  • # छाउ नबार्ने
  • प्रतिक्रिया दिनुहोस