महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्रको विरोधमा प्रदर्शन गरिएको छ। ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ ले आज (शुक्रवार) आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका हुन्।
प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, नारायणहिटी खाली गर्’ जस्ता नारा लगाउँदै अगाडि बढेका थिए। गणतन्त्रविरोधी नारा लगाउँदै मदनचोक हुँदै महेन्द्रनगर बजारभरी प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसंगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा पनि चर्का नाराबाजी गरिएको छ । पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ ।

.gif)