मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगर स्थित पार्कमा रहेको भीमदत्तको शालीक तोडफोड


पश्चिम प्रेस
शुक्रबार, मंसिर ८ २०८०
  • 1.9K
    Shares

  • images
    images
    महेन्द्रनगर स्थित पार्कमा रहेको भीमदत्तको शालीक तोडफोड

    महेन्द्रनगर । महेन्द्रनगर स्थित पार्कमा रहेको भीमदत्तको शालीक तोडफोड  गरिएको छ । शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोधमा प्रदर्शनमा उत्रिएको समुहले भीमदत्त पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा तोडफोड गरेको हो । अहिले भीमदत्त पार्क नामाकराण् गरिएको उक्त पार्क राजा महेन्द्रले निमार्ण गरेको भन्दै उनीहरुले शालिकमा क्षति पुगाएका हुन ।

    bhim (1).png

    पार्कको गेटमा लेखिएको भीमदत्त पार्क मेटाएर महेन्द्र पार्क समेत लेखेका छन । ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ ले आज ९शुक्रवार० आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राजतन्त्रको समर्थनमा नारा लगाएका हुन्। प्रदर्शनमा सहभागीहरू ‘राजतन्त्र जिन्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दाबाद, नारायणहिटी खाली गर्’ जस्ता नारा लगाउँदै अगाडि बढेका थिए। गणतन्त्रविरोधी नारा लगाउँदै मदनचोक हुँदै महेन्द्रनगर बजारभरी प्रदर्शन गरेका हुन् ।

    bhim.png


    प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसंगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा पनि चर्का नाराबाजी गरिएको छ । पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । महेन्द्रनगरमा भएको प्रदर्शनमा राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र चन्द,नेता पूर्ण वहादुर चन्द लगायत राप्रपा नेताहरुको उलेख्य सहभागिता रहेको छ । 


  • सम्बन्धित विषय:

  • # शालीक तोडफोड
  • प्रतिक्रिया दिनुहोस