शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

विपिन जोशीको रिहाइमा सघाउन कतारसँग प्रधानमन्त्रीको आग्रह


पश्चिम प्रेस
शनिबार, मंसिर ९ २०८०
  • 713
    Shares

  • images
    images
    विपिन जोशीको रिहाइमा सघाउन कतारसँग प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले कतारसँग आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रअ‍ेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग हिजो भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।

    मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरेका हुन्।

    यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले पनि राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका छन् । 

    गत असोज २० गते हमासले इजरायलमा आक्रमण गर्ने क्रममा विपिनलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । इजरायली सेनाले गाजामा रहेको एक अस्पतालमा विपिन सुरक्षित रहेको जनाएको छ । 

     


  • सम्बन्धित विषय:

  • # विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस