सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

राप्रपाले आह्वान गरेको कञ्चनपुर बन्दको प्रभाव शुन्य


पश्चिम प्रेस
शनिबार, मंसिर ९ २०८०
  • 741
    Shares

  • images
    images
    राप्रपाले आह्वान  गरेको कञ्चनपुर बन्दको प्रभाव शुन्य

    महेन्द्रनगर । राप्रपा कञ्चनपुरले आफ्ना नेता–कार्यकर्ता पक्राउको विरोधमा आजदेखि लागू हुने गरी अनिश्चितकालीन कञ्चनपुर बन्दको आह्वान गरेको छ। हिजो भीमदत्तको शालिक तोड्ने नेता/कायकर्ता पक्राउ परेपछि सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै कञ्चनपुर बन्दको घोषणा हो । 

    तर राप्रपाले घोषणा गरेको बन्द अहिलेसम्म निष्प्रभावी रहेको प्रहरीले जनाएको छ। बन्द आह्वान गरे पनि बजार तथा सडकमा आन्दोलनकर्ता देखिएका छैनन् बन्दलाई ध्यान दिएर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन्।

    भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित पार्कमा रहेको भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जना राप्रपा कार्यकर्तालाई प्रहरीले शुक्रवार नियन्त्रणमा थियो । गणतन्त्र विरोधी प्रदर्शनमा सहभागी आक्रोशित राजतन्त्र समर्थकले भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए।

    पक्राउ पश्चात् राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्दले हिरासतमा राखिएका नेता–कार्यकर्ता निःसर्त रिहा नहुँदासम्म बन्द जारी रहने बताएका थिए।

    ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको वैदिक, सनातन हिन्दु राष्ट्र पुनर्स्थापना अभियान’ले निकालेको जुलुसका क्रममा शुक्रवार भीमदत्त पन्तको सालिक तोडफोड गरिएको थियो। तत्कालीन राजा महेन्द्रले निर्माण गरेको वाटिकाको नाम भीमदत्त राखिएको भन्दै आक्रोशित राजावादी समर्थकले सालिक तोडफोड गरेका हुन्।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर बन्द
  • प्रतिक्रिया दिनुहोस