मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीको मेलौली भगवती मन्दिरमा ‘देहीजात’ सुरु


पश्चिम प्रेस
आइतबार, मंसिर १० २०८०
  • 711
    Shares

  • images
    images
    बैतडीको मेलौली भगवती मन्दिरमा ‘देहीजात’ सुरु

    बैतडी । बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’ आजदेखि सुरु भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा(देहीजात) आजदेखि सुरु भएको हो । 

    राँगाको बलि दिइने यो जात्रा हेर्न नेपाल लगायत सीमावर्ती भारतबाट पनि भक्तजन आउने गरेका छन् । दुई दिनसम्म लाग्ने मेला भोली सम्पन्न हुनेछ । टाढा टाढाका आफन्तबिच भेट हुने भएकाले सामाजिक सद्भावका लागि यो जात्रा निकै महत्त्वपूर्ण रहेको बताइएको छ । 

    जात्राको अवसरमा मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा समेत दिएको छ । आज र भोली नगर क्षेत्रभित्र सार्वजनिक बिदा रहेको नगरपालिकाले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # देहीजात
  • प्रतिक्रिया दिनुहोस