शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा जिप दुर्घटना


पश्चिम प्रेस
सोमबार, मंसिर ११ २०८०
  • 1.2K
    Shares

  • images
    images
    बैतडीमा जिप दुर्घटना

    बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास गाउँपालिका–३ तर्फ गइरहेको सु प प्र ०४००१च००४३ नम्बरको जिप सिगास गाउँपालिका –३ को डुँडै नजिक आज (सोमबार) बिहान दुर्घटनामा परेको हो । 

    चालक धर्म कुँवर मात्रै सवार रहेको जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । चालक कुँवर भने सकुशल रहेका प्रहरीले जनाएको छ । 

    ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस