डोटी । डोटीमा एक जनाको शव फेला परेको छ। जिल्लाको सिलगढी नगरपालिका –५ पुन्नास्थित सोही ठाउँका ३० वर्षीय समीर भट्ट मंगलबार मृत फेला परेका हुन्।
प्रहरी घटनास्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए।
एक स्थानीयले सडकको नालीमा समीरको शव हत्या गरि फालिएको अवस्थामा फेला परेको बताइएको छ। आफन्तले समीरको हत्या भएको आशंका गरेका छन्।
.gif)