कैलाली । कैलालीमा बससँग स्कुटर ठोकिँदा तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोही दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडिबाट ठक्कर दिँदा गौरीगङ्गा नगरपालिका–८ मसुरीयामा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा सोही नगरपालिका–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, गौरीगङ्गा नगरपालिका–५ का १९ वर्षीय रमेश विक र सोही ठाउँका १९ वर्षीय महेश विक घाइते भएका प्रहरीले जनाएको छ । स्कुटर चालक सागर विकको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइते तीनै जनाको धनगढीको केजी हस्पिटलमा उपचार भइरहेको छ ।
बस चालक यादवप्रसाद शाही र बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
.gif)