कैलाली । कैलालीमा निर्घात कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

लम्कीचुहा नगरपालिका–९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते मोहनलाई उपचारका लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
.gif)