शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने


पश्चिम प्रेस
बुधबार, मंसिर १३ २०८०
  • 563
    Shares

  • images
    images
    परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनि मंसिर २३ मा कतार जान लागेका हुन् ।

    यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    Annotation 2023-12-07 125233.png

    जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते ९बिहीवार० उनले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।  

    परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । 
    कतार बसाइँका क्रममा उनि दोहा २१ औं फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।


  • सम्बन्धित विषय:

  • # इजरायलमा बेपत्ता विपिन जोशी
  • प्रतिक्रिया दिनुहोस