महेन्द्रनगर । हमास र इजरायलबीचको युद्धविरामको लागि भएको सम्झौताको अवधि सकिएको छ। इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ। हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं युद्धविरामको अवधी सकिएको हो ।
सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। त्यसमा हमासले बन्धक बनाइएका भनिएको नेपालका विपिन जोशी भने परेका छैनन्।
युद्धविराममा विपिनको रिहा हुने अपेक्षा गरिएपनि उनि छुट्न भने सकेका छैनन् । सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो । इजरायली सेनाले सामाजिक सञ्जालमा एक्समा लेखेको छ, ‘हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।’
यो युद्धविराम अगाडि बढ्ने आशा थियो। अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेन।
गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो।
.gif)