सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, मंसिर १५ २०८०
  • 556
    Shares

  • images
    images
    कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

    कैलाली । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    जिल्लाको लम्कीचुहा नगरपालिका-२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट पैदल यात्री मोहन्याल गाउँपालिका-७ बस्ने ३७ वर्षीय डम्मर बहादुर बिष्टको बिहीबार राति मृत्यु भएको हो ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई मेडिकल कलेज कोहलपुर बाँके लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पैदल यात्रिको मृत्यु
  • प्रतिक्रिया दिनुहोस