शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध


पश्चिम प्रेस
शुक्रबार, मंसिर १५ २०८०
  • 816
    Shares

  • images
    images
    बसको ठक्करबाट पैदल यात्रीको  मृत्यु भएपछि राजमार्ग अवरुद्ध

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । 

    बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले बस चालकमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै उनीहरुले लम्की खण्डमा राजमार्ग अवरुद्ध पारेका हुन् ।  मृतकका आफन्तको आन्दोलनका कारण पश्चिमबाट  पूर्वतर्फ जाने र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरु बाटोमै रोकिएको छ । 

    हिजो पूर्वतर्फ जाँदैगरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते लम्कीचुहा नगरपालिका –२ मा ठक्कर दिंदा मोहन्याल गाउँपालिका– ७ का ३७ वर्षीय विष्टको उपचारको क्रममा ज्यान गएको थियो । मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । 

    ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । 


  • सम्बन्धित विषय:

  • # राजमार्ग अवरुद्ध
  • प्रतिक्रिया दिनुहोस