सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
आइतबार, मंसिर १७ २०८०
  • 719
    Shares

  • images
    images
    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। शुक्रवार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रवार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रवारको तुलनामा चाँदी आज ५ रुपैयाँले बढेको हो । आज चाँदी मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदी प्रतितोला १५ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस