कैलाली । कैलालीमा भरुवा बन्दुकसहित बझाङका एक जना युवक पक्राउ परेका छन् ।
जिल्लाको चुरे गाउँपालिका-३ सल्लेरीबाट १ थान भरुवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय वीर बहादुर धामी शनिवार साँझ पक्राउ परेका हुन् ।
धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले खोज तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारेको हो । फेला पारेको बन्दुकसहित धामीलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)