शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा हिमपात सुरु


पश्चिम प्रेस
सोमबार, मंसिर १८ २०८०
  • 729
    Shares

  • images
    images
    बाजुरामा हिमपात सुरु

    बाजुरा । बाजुराको उच्च हिमाली भेगतिर गएरातिदेखि हिमपात सुरु भएको छ। जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात र बेंसीतिर हल्का पानी पर्न सुरु भएको हो। 

    हिमपातको कारण चिसो बढ्न थालेको स्थानीले बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव छ। भारत उत्तर प्रदेशको न्यून चापीय क्षेत्र र पश्चिमी वायुको कारण  यतिबेला नेपालको मौसम बदली भएको छ।

    महाशाखाका मौसमविद्का अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक—दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको बताइन्।


  • सम्बन्धित विषय:

  • # हिमपात
  • प्रतिक्रिया दिनुहोस