मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

धनगढीमा घरबाट ८ तोला सुन सहित ३ लाख नगद चोरी


पश्चिम प्रेस
सोमबार, मंसिर १८ २०८०
  • 709
    Shares

  • images
    images
    धनगढीमा घरबाट ८ तोला सुन सहित ३ लाख नगद चोरी

    कैलाली । कैलालीको धनगढीमा एक घरबाट सुनसहित नगद चोरी भएको छ। धनगढी उपमहानगरपालिका ४ तारानगरमा करन बानियाको घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हो।

    पुजाका लागि पहाड घर डोटी गएका बेला बानियाको घरमा चोरी भएको जनाइएको छ। बुधवार पुजाका लागि सपरिवार डोटी गएका उनि आइतवार धनगढी पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिएका छन् । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको उनले बताएका छन् । 

    सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने उनले बताए। 


  • सम्बन्धित विषय:

  • # नगद चोरी
  • प्रतिक्रिया दिनुहोस