मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत तथा रङरोगन गरिँदै


पश्चिम प्रेस
सोमबार, मंसिर १८ २०८०
  • 710
    Shares

  • images
    images
    कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत तथा रङरोगन गरिँदै

    महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदैछ। कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने भएको हो । 

    यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ। कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं. ३५ गण मुख्यालय र कैलालीमा नं. ३४ गणले सीमास्तम्भ मर्मत तथा रङरोगनको काम गर्ने भएको हो । 

    सशस्त्र प्रहरी बल नं. ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिएका हुन्।

    कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्ने उनले बताए । 

    Annotation 2023-12-07 124206.png


  • सम्बन्धित विषय:

  • # सीमास्तम्भ
  • प्रतिक्रिया दिनुहोस