दार्चुला । दार्चुलामा जेठाजुको कुटाइबाट एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको नौगाड गाउँपालिका–१ कसाड बस्ने ३० वर्षीया वसन्ती ठगुन्नालाई जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गर्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ। ।
मङ्सिर १५ गते राति वसन्तीलाई जेठाजु जयरामले टाउकोमा हानेपछि उपचारका लागि मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुला लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवम् डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । दार्चुला अस्पतालमा वसन्तीको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको हो ।
कुटपिटमा संलग्न जयराम फरार रहेका छन् । उनलाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटाएको छ । जयराम पूर्वनेपाली सेनामा कार्यरत रहेको बताइएको छ । फरार रहेका जयरामको खोजी भइरहेको डिएसपी सिंहले बताएका छन् ।
.gif)