महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित तिन जना पक्राउ परेका छन् ।
जिल्लाको भिमदत्त नगरपालिका-४ लिटिल बुद्ध स्कुल नजिकबाट सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय सञ्जय थापासहित तीन जनालाई मङ्गलवार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनीहरूलाई लागू औषध (खैरो हेरोइन) ०.२ ग्रामसहित फेला पारेको हो ।
उनीहरूले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सु.प.प्र. ०२००४ प.१८५५ र भारतीय नम्बर प्लेट यु के ०३ बी १८१३ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)